सिनेमा संवाद : राजेश हमालले केपी ओलीलाई प्रश्न गरे तपाईले कति सालमा फिल्म हेर्नुभयो ? – Himalayan Dainik

सिनेमा संवाद : राजेश हमालले केपी ओलीलाई प्रश्न गरे तपाईले कति सालमा फिल्म हेर्नुभयो ?


सिनेमा संवाद : राजेश हमालले केपी ओलीलाई प्रश्न गरे तपाईले कति सालमा फिल्म हेर्नुभयो ?

काठमाडौं, ३ चैत – नेपालको राजनीतिक क्षेत्रका चर्चित व्यक्तित्व एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालबीच शुक्रबार सिनेमा संवाद भयो । एउटै मञ्चमा प्रतिभावान राजनीतिज्ञ र कलाकारको सिनेमा संवाद हेर्न र सुन्न दर्शक आतुर थिए । भृकुटीमण्डपको राष्टियसभा गृहमा करिब २ घण्टा भएको सिनेमा संवादमा कला, समाजवाद, अध्यात्म, राजनीतिदेखि ब्रह्माण्डसम्मका आयाममा भएका गफगाफ निकै नै रोचक थिए । महानायकले पुर्व प्रधानमन्त्री ओलीलाई सिनेमा बिषयमा गज्जवका प्रस्न तेस्याए भने जवाफ दिन ओलीपनि उत्तिकै खप्पिस देखिन्थे ।

संवादको अन्त्य तिर राजेशले सोधे, अँ साची तपाईले पहिलो फिल्म कति सालमा हेर्नुभयो ? ओलीले भने,‘२०२० सालको शुरुमा तेहथुममा हलपनि थिएन सिनेमा पनि थिएन, तराइ तिर झरेर हेरेको कुरा सुन्थ्यौ मलाई त्यस बेला दुईवटा कुरा हेर्न मन थियो, एउटा रेल हेर्न मन लाग्यो अर्को सिनेमा । झापा भद्रपुर र शनिश्चरे हलमा आमा र माइतीघर भन्ने नेपाली चलचित्र हेरे । राजेश हमालले फेरि प्रश्न गरे, अनि टेलिभिजन नी ? पहिलो पटक टेलिभिजन २०४४ सालमा हेरे त्यतिबेला म ३६ बर्षको थिए जेलबाट भर्खरै छुटेको थिए ओलीले भने ।