मृगौला दिवसको अवसरमा अध्यक्ष ओलीको सन्देश – Himalayan Dainik

मृगौला दिवसको अवसरमा अध्यक्ष ओलीको सन्देश


मृगौला दिवसको अवसरमा अध्यक्ष ओलीको सन्देश

काठमाडौँ, १ चैत – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिर्गौला जोगाउन आफैँ सजग हुनुपर्ने बताउनुभएको छ । आज विश्व मिर्गौला दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश दिनुहुँदै उहाँले डायलासिस अल्पकालीन रोकथाम मात्र भएको उल्लेख गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ,’मिर्गौला जोगाउन हामी आफैँ सजग हुनु पर्छ, डायलासिस त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौँ, मिर्गौला जोगाऔँ !’ मिर्गौला दिवससँग आफ्नो भावनात्मक अनुभूति रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले सानो लापर्बाहीले मिर्गौला बिग्रिन सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,’जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ । प्रत्यारोपण गर्नु धेरै जटिल काम हो । डायलासिस गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ। हामी सरकारमा हुँदा डायलासिस निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौँ ।’