कोटिहोमको हवनकुण्डमा आगलागी – Himalayan Dainik

कोटिहोमको हवनकुण्डमा आगलागी


कोटिहोमको हवनकुण्डमा आगलागी

अछाम,२० फागुन – साँफेबगर नगरपालिका –१ स्थित वैद्यनाथधाममा सञ्चालन भइरहेको कोटिहोमको मुख्य हवनकुण्डमा आगलागी भएको छ । वैद्यनाथ मन्दिर अगाडि मैदानमा रहेको मुख्य हवनकुण्डमा आगलागी हुँदा हवनकुण्ड जलेर नष्ट भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

हवन गर्नेक्रममा आगोको झिल्कोले खरले छाएको कुण्डमा आगो सल्किँदा आगलागी भएको अछाम प्रहरी प्रमुख सन्तोष पाठकले जानकारी दिनुभयो । स्थानीय, दर्शनार्थी र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ ।

१४४ वर्षपछि वैद्यनाथ धाममा कोटिहोम फागुन १० गतेबाट सञ्चालन भइरहेको छ । कोटिहोमको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको थियो । कोटिहोम फागुन २५ गतेसम्म चल्नेछ ।