अलपत्र बनेको लुम्बिनी विकास गुरुयोजनामा रास्वपाको दबाब यात्रा – Himalayan Dainik

अलपत्र बनेको लुम्बिनी विकास गुरुयोजनामा रास्वपाको दबाब यात्रा


अलपत्र बनेको लुम्बिनी विकास गुरुयोजनामा रास्वपाको दबाब यात्रा

काठमाडौँ, २ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लुम्बिनी विकास गुरुयोजनामा दबाब यात्रा गरेको छ । रास्वपाले लुम्बिनी संस्कृति नगरपालिका -७ स्थिति १२ नम्बर गेटबाट आज बिहान १० बजे दबाब यात्रा सुरु गरेको हो । पार्टी सभापति रवि लामिछाने, सांसद लक्ष्मी तिवारीसहित रास्वपा लुम्बिनी प्रदेशका नेता कार्यकर्ता दबाब यात्रामा सहभागी छन् ।

२०७७ सालमा ७.५ अर्बको स्रोत सुनिश्चितता भएको तर पहुँच मार्ग बनाउने ठेक्का बजेट विनियोजन नहुँदा अलपत्र परेपछि दबाब यात्रा गरिएको रास्वपाले जनाएको छ । सन् १९७८देखि सुरु भएको यो अवधारणाअनुरूप अहिलेसम्म काम हुन नसकेको भन्दै रास्वपाले दबाब यात्रा थालेको छ । रास्वपाले सातै प्रदेशका तीन-तीन वटा अलपत्र विकास आयोजना निर्माण पूरा गर्न दबाब यात्रा गरिरहेको छ ।