आज देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै – Himalayan Dainik

आज देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै


आज देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ, २ फागुन – आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ ।

सरस्वती विद्या, ज्ञान–विज्ञान, कला–शिल्प, संगीतकी देवी हुन् । शास्त्रमा श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी देवी सरस्वती हुन् भनी उल्लेख छ ।
माता सरस्वतीको जन्मोत्सव माघ शुक्लपक्षको वसन्त पञ्चमीको रुपमा मनाइन्छ । विद्याकी खानी देवी सरस्वतीको पूजा गर्नाले विद्या, वाणी र प्रसिद्धिको आशीर्वाद प्राप्त हुने विश्वास गरिन्छ । पूजामा चन्दन, अक्षता, सेतो र पहेँलो फूल, सेतो चन्दन र सेतो वस्त्र देवीलाई चढाउनुस् । प्रसादमा पहेँलो चामल, खीर, दूध, दही, मक्खन, सेतो तिलको लड्डु, घिउ, नरिवल, सक्खर र मौसम अनुसारको फल चढाउइन्छ ।