जसपाको विराटनगर महानगर समिति पुनर्गठन – Himalayan Dainik

जसपाको विराटनगर महानगर समिति पुनर्गठन


जसपाको विराटनगर महानगर समिति पुनर्गठन

विराटनगर, २८ माघ – जनता समाजवादी पार्टी (जसपा) नेपालको विराटनगर महानगरपालिका समिति पुनर्गठन भएको छ । शनिबार आयोजित भेलाले अमरेन्द्र कुमार यादवको अध्यक्षतामा ३७ सदस्यीय समिति पुनर्गठन गरेको हो । समितिको उपाध्यक्षमा मो.नसरुल सचिव रामचन्द्र यादव सहसचिव विकासकुमार मण्डल र कोषाध्यक्षमा मो. रुस्तम अली चयन भएका छन् ।

पार्टीका राजनीतिक समिति सदस्य जयराम यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राजनीतिक समिति सदस्य सञ्जय सिंह केन्द्रीय सदस्य सदिना खातुनलगायतका नेताहरु उपस्थित थिए ।