गिरीबन्धु टि स्टेटको जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने निर्णय बदर – Himalayan Dainik

गिरीबन्धु टि स्टेटको जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने निर्णय बदर


गिरीबन्धु टि स्टेटको जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने निर्णय बदर

काठमाडौँ, २५ माघ – सर्वोच्च अदालतले गिरीबन्धु टि स्टेट प्रालिको हदबन्दीभन्दा बढीको जग्गा सट्टापट्टा गर्न दिने निर्णय बदर गरिदिएको छ। प्रधान्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संवैधानिक इजलासले उक्त आदेश जारी गरेको हो।

तत्कालीन मन्त्रिपरिषद बैठकले २०७८ वैशाख १३ गते गिरीबन्धु टि स्टेटको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने निर्णय गरेको थियो। उक्त निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२ ग लगायतका कानुनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको नदेखिएको सर्वोच्चले बदर गरिदिएको हो।

सामान्यतया हदबन्दीभन्दा बढी भएको जग्गा जफत नै गर्नुपर्ने हुन्छ। यस मान्यतामा अन्यथा प्रतिकूल असर नपर्ने गरी जग्गाको क्षेत्रफल, चिया उत्पादन हुने क्षमता, सम्भाव्यता, सट्टापट्टा हुने जग्गाको समानुपातिक सुनिश्चितता, सट्टापट्टा गरिने जग्गाको मूल्यसमेतका समग्र प्राविधिक तथा व्यवस्थापकीय विषयहरू एकीन भएपछि भूमिसम्बन्धी ऐनलगायत सोसम्बन्धी अवधारणा अनुकूल हुनेगरी मात्र हदबन्दीभन्दा बढी भएको जग्गाको व्यवस्थापन गर्नू गराउनू भनी प्रत्यर्थी नेपाल सरकारका निकायहरूका नाममा परमादेश जारी हुने ठहर्छ, आदेशमा भनिएको छ।

अधिवक्ता ओमप्रकाश अर्यालले सो जग्गा सरकारको नाममा ल्याउन माग गर्दै विसं २०७८ भदौ १ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।