‘गोर्खा वारियर’को धरानमा प्रिमियर हुँदै – Himalayan Dainik

‘गोर्खा वारियर’को धरानमा प्रिमियर हुँदै


‘गोर्खा वारियर’को धरानमा प्रिमियर हुँदै

काठमाडौँ, २१ माघ – चलचित्र ‘गोर्खा वारियर’ धरानमा प्रिमियर हुने भएको छ । ११ फागुनबाट सार्वजनिक प्रदर्शनमा आउने यो चलचित्र केही अगाडि लण्डनमा प्रिमिएर भएको थियो । धरान प्रिमिएर ५ फागुनमा रहेको छ ।

पूर्व ब्रिटिस आर्मी तथा ब्रिटिस आर्मीहरुको धेरै बसोबास रहेको धरानबाट फिल्म प्रिमिएरका लागि बारम्बार आग्रह भएको कारण प्रिमियर गर्न लागिएको निर्देशक मिलन चाम्सले बताए । उनले धरानको प्रिमियरमा पूर्वका पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुरका पूर्व ब्रिटिस आर्मीहरु सहभागी हुने जानकारी दिए ।

प्रिमियरमा ब्रिटिस गोर्खा आर्मीसँगै नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका उच्च पदाधिकारीहरू, विभिन्न सरकारी निकायका उच्च पदाधिकारीहरू, स्थानीय सरकारका प्रमुखहरू एवम् त्यहाँका विशिष्ट व्यक्तित्वहरू सहभागी हुने चाम्सको धारणा छ ।