श्रीलङ्काले विश्व बैंकबाट १५ करोड अमेरिकी डलर ऋण लिने – Himalayan Dainik

श्रीलङ्काले विश्व बैंकबाट १५ करोड अमेरिकी डलर ऋण लिने


श्रीलङ्काले विश्व बैंकबाट १५ करोड अमेरिकी डलर ऋण लिने

कोलम्बो, २० माघ – श्रीलङ्काले वित्तीय क्षेत्र सुरक्षा नेट सुदृढीकरण परियोजनालाई आर्थिक सहयोग गर्न विश्व बैंकबाट १५ करोड अमेरिकी डलर ऋण लिने भएको छ ।

अर्थ मन्त्रालयले शुक्रबार जनाए अनुसार यो परियोजना विशेष गरी केन्द्रीय बैंकद्वारा प्रतिबन्धित श्रीलङ्का निक्षेप बीमा योजनामा केन्द्रित हुने बताएको छ । यस परियोजनाले प्रभावकारी निक्षेप बीमा योजनाका लागि अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू अनुरूप वित्तीय र संस्थागत क्षमतालाई सुदृढ गर्ने लक्ष्य राखेको बताइएको छ ।

मन्त्रालयले जनाए अनुसार यसले रिजर्भ पनि बढाउनेछ जसले गर्दा भुक्तानी र बैंक रिजोलुसनका दायित्वहरू पूरा गर्न र वित्तीय प्रणालीमा जनताको विश्वास पनि बढ्ने छ । -(रासस-सिन्ह्वा)