पेट्रोलियम पदार्थको मूल्य बढ्यो, आजदेखि लागु हुने – Himalayan Dainik

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, आजदेखि लागु हुने


पेट्रोलियम पदार्थको मूल्य बढ्यो, आजदेखि लागु हुने

काठमाडौं, १८ माघ – पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।

बुधवार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरेको हो । नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेछ ।