राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३ – Himalayan Dainik

राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३


राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

चलचित्र निर्माण, अभिनय तथा सामाजिक अभियन्ताका रुपमा लामो समयदेखि सक्रिय रहँदै आएका राजेश विशुराल थाईल्याण्डमा सम्पन्न हेरिटेज इन्टरनेसनल अवार्ड २०२३बाट पुरस्कृत भएका छन् । ईप्लानेट पिटीई लिमिटेड सिंगापुरको आयोजनामा हालै मात्र थाईल्याण्डको बैंकक शहरस्थित ईएससी पार्क होटलमा सम्मन्न सो अवार्ड कार्यक्रममा आ आफ्नो व्यवसायिक क्षेत्रमा लामो समय देखिको निरन्तरता, उपस्थिति, उपलब्धी तथा योगदानको मुल्यांकन गर्दै विश्वका विभिन्न देशका व्यवसायिक व्यक्तिहरुलाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३ प्रदान गरिएको छ । नेपालका राजेश विशुराल भने उक्त अवार्ड कार्यक्रममा आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्डबाट पुरस्कृत भएका थिए । उनले कार्यक्रममा विशेष अतिथिका रुपमा रहेका थाईल्याण्डका लागि द रिपब्लिक अफ केन्याका राजदूत लिन्डशेय किप्टिनेस तथा बैंकक स्थित मंगोलियन पिपुल्स रिपब्लिकको राजदूतावासका प्रतिधिनिबाट सो अवार्ड प्राप्त गरेका थिए ।

हेरिटेज इन्टरनेसनल अवार्ड २०२३ बाट सम्मानीत राजेश विशुराल नेपाल फिल्म सोसाइटीका महासचिव हुन् भने उनी नेपाल हंगेरी चेम्बर अफ कमर्सका कोषाध्यक्ष तथा लाइन्स इन्टरनेसनल क्लब ३२५ एम नेपालका डिस्ट्रिक्ट चिफ पनि हुन् । राजेश यस अघि दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड २०७८मा राष्ट्रिय समाजसेवी सम्मान, नेसनल इन्टरटेन्मेन्ट अवार्ड २०२१मा राष्ट्रिय समाजसेवी सम्मान २०२१ तथा मिलाप राष्ट्रिय व्यक्तित्व सम्मान २०७९ बाट सम्मानीत व्यक्तित्व हुन् । उनले नेपाल चलचित्र प्राविधिक संघ को २०औं साधारण सभामा पनि विशेष सम्मान प्राप्त गरेका थिए ।