१० हजार सिम कार्ड आयात – Himalayan Dainik

१० हजार सिम कार्ड आयात


१० हजार सिम कार्ड आयात

काठमाडौँ – नेपालमा चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो महिनामा १० हजार यूनिट भन्दा बढी सिम कार्ड आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आवको साउनमा १ लाख १८ हजार रुपैयाँ बराबरको १० हजार ४६ यूनिट सिम कार्ड आयात भएको हो ।

सिम कार्ड आयातबाट सरकारले २२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । सिम कार्ड मेक्सिको, मलेसिया र यूएईबाट आउने गरेको देखिन्छ । ९९ प्रतिशतभन्दा धेरै सिम कार्ड मेक्सिकोबाट नेपाल आएको छ । मेक्सिकोबाट ७५ हजार रुपैयाँ बराबरको १० हजार यूनिट सिम कार्ड आउको छ ।

यूएईबाट ३७ हजार रुपैयाँको २६ यूनिट सिम कार्ड आएको देखिन्छ । मलेसियाबाट ६ हजार रुपैयाँको २० यूनिट सिम कार्ड भित्रिएको छ ।