काठमाडौंमा दुईदिने रोजगार मेला शुरु – Himalayan Dainik

काठमाडौंमा दुईदिने रोजगार मेला शुरु


काठमाडौंमा दुईदिने रोजगार मेला शुरु

काठमाडौं – काठमाडौंमा मंगलबारदेखि रोजगार मेला शुरु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा टेकुस्थित महासंघको कार्यालयमा जेठ उक्त मेला आयोजना भएको हो।

कामको खोजीमा रहेका युवाहरुलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयां अवसरहरुको खोजि गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन रोजगार मेला शुरु भएको छ। मेलाको उद्घाटनमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका छन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तरराष्ट्रिय श्रम संगठनको सहयोगमा शुरु भएको मेला १६ र १७ गतेसम्म चल्ने छ ।