पृथ्वीमा भएका पशुपक्षीमध्ये आधा प्रजातिको सङ्ख्या घट्दो क्रममा : अध्ययन – Himalayan Dainik

पृथ्वीमा भएका पशुपक्षीमध्ये आधा प्रजातिको सङ्ख्या घट्दो क्रममा : अध्ययन


पृथ्वीमा भएका पशुपक्षीमध्ये आधा प्रजातिको सङ्ख्या घट्दो क्रममा : अध्ययन

एजेन्सी – पृथ्वीमा अहिले भएका पशुपक्षीका आधा प्रजातिहरूको सङ्ख्या निरन्तर घटिरहेको एक अध्ययनले देखाएको छ । बेलायतको क्विन्स युनिभर्सिटी बेल्फास्टले ७० हजारभन्दा धेरै प्रजातिका पशुपक्षीको घनत्वबारे अध्ययन गरेको थियो । अनुसन्धानकर्ताले यो अहिलेसम्मकै सबैभन्दा विस्तृत अभिलेख भएको समेत बताएका छन् ।

अध्ययनका अनुसार अहिले पशुपक्षीका ४८ प्रतिशत प्रजातिको सङ्ख्या घट्दो क्रममा छ । तीन प्रतिशत प्रजातिको सङ्ख्या भने बढेको देखिएको छ । अध्ययनले यसको मुख्य कारण जैविक विविधतामा देखिएको विश्वव्यापी ह्रासलाई सङ्केत गरेको बीबीसीले जनाएको छ । औद्योगिकीकरणका कारण जैविक विविधतामा भैरहेको नोक्सानी पहिला ठानिएको भन्दा पनि निकै चिन्ताजनक भएको अध्ययनको चेतावनी छ । जैविक विविधतामा देखा परेको सङ्कट मानव जातिका लागि आउँदा दशकहरूमा सबैभन्दा ठूलो चुनौती बन्ने यो अनुसन्धानले जनाएको छ ।