साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल कुवेतसँग खेल्ने – Himalayan Dainik

साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल कुवेतसँग खेल्ने


साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल कुवेतसँग खेल्ने

काठमाडौं – १४औं संस्करणको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेल नेपालले कुवेतसँग खेल्ने भएको छ ।

दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले बुधबार खेलतालिका सार्वजनिक गरेको हो ।

बुधबार नै भएको समूह विभाजनमा नेपाल समूह ए मा परेको छ ।

नेपालले प्रतियोगिताकै पहिलो खेलका रुपमा ६ असारमा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।