सम्पत्ति विवरण बुझाउँदैनन् सांसद: पदको दुरूपयोग गर्न होडबाजी – Himalayan Dainik

सम्पत्ति विवरण बुझाउँदैनन् सांसद: पदको दुरूपयोग गर्न होडबाजी


सम्पत्ति विवरण बुझाउँदैनन् सांसद: पदको दुरूपयोग गर्न होडबाजी

काठमाडौँ – सार्वजनिक दायित्वको पदमा पुगेपछि पदीय सम्मानका लागि पनि इमानदारिता बचाउनु जरूरी ठानिन्छ । तर, यहाँ सार्वजनिक पदमा पुगेपछि झनै पदको दुरूपयोग गर्नतर्फ चाहिँ होडबाजी हुने गरेको देखिन्छ ।

यसका केही उदाहरण बागमती प्रदेश सरकारमा रहेका सांसदले देखाएका छन् । प्रदेशको मन्त्रालयमा पनि यस्ता प्रकारका बेथिति प्रशस्तै देखिन थालेका छन् । बागमती प्रदेशमा ऐनकानुन निर्माण गर्ने सांसद तथा मन्त्रीहरूले नै कानुन मिच्ने गरेको भेटिएको छ । कानुन निर्माणको क्रममा आफैं सहभागी हुने र सोही कानुन कार्यान्वयन गर्ने क्रममा भने आफैं पछि हट्दा कार्यान्वयनको प्रभावकारिता कस्तो रहला रु

प्रदेशका सांसद मात्रै हैनन् यस्ता कार्यमा मन्त्रीदेखि मुख्यमन्त्रीसम्म रहेका छन् । संसदले निर्माण गरेको ऐनकानुन पालना गर्न उनीहरूले नै अटेर गर्ने गरेका छन् ।