बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन आउँदै – Himalayan Dainik

बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन आउँदै


बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन आउँदै

काठमाडौँ – बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनले नेपालको भ्रमणमा आउने भएकी छिन । बेलायत सरकारको तर्फबाट एसिया–प्रशान्त क्षेत्र हेर्ने ट्रेभेलियन तीनदिने भ्रमणका लागि फागुन २४ गते काठमाडौं आउने भएकी हुन ।

उनले फागुन २४ देखि २६ सम्म नेपालको भ्रमण गर्न लागेकी हुन् । कूटनीतिक स्रोतका उनले भ्रमणका दौरान प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।