पोखरामा बस दुर्घटना , थप विवरण आउन बाँकी – Himalayan Dainik

पोखरामा बस दुर्घटना , थप विवरण आउन बाँकी


पोखरामा बस दुर्घटना , थप विवरण आउन बाँकी

पोखरा – पोखराको बेगनास-पोखरा सडकखण्डमा बस दुर्घटना भएको छ । बेगनास तालबाट पोखरातर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो ।

करिब ४५ जना सवार रहेको ग २ ख ६७४७ नम्बरको बस प्रहरी चौकीनजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनाका घाइतेलाई उद्धार गर्ने क्रम चलिरहेको र थप जानकारी आउन बाँकी रहेको कास्की प्रहरीले जनाएको छ ।