सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्छ : माधव नेपाल – Himalayan Dainik

सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्छ : माधव नेपाल


सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्छ : माधव नेपाल

काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको बताएका छन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कारण सत्तारूढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्था पुगेको उल्लेख गर्दै उहाँले राष्ट्रपति चुनावपछि मात्रै देशको राजनीतिले कुन कोर्स लिन्छ भन्ने टुङ्गो लाग्नेसमेत बताए ।

आइतवार काठमाण्डौको कीर्तिपुरमा आयोजित पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले सबै पद आफैँले लिएर देशमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हाबी हुने हो वा होइन भन्ने कुरा पनि राष्ट्रपति चुनावपछि मात्रै भन्न सकिने बताए। त्यसका लागि अब एक हप्तामात्रै पर्खे पुग्ने उनको भनाइ थियो ।