जसपाको कार्यकारिणी समितिको बैठक सुरु – Himalayan Dainik

जसपाको कार्यकारिणी समितिको बैठक सुरु


जसपाको कार्यकारिणी समितिको बैठक सुरु

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । अढाई घण्टा ढिलो सुरु भएको बैठक जसपाका अध्यक्ष उपेन्द्र यादवको कार्यकक्षमा बसिरहेको छ ।

बैठकमा विधान अधिवेशन, विभिन्न पार्टीसँग एकीकरणका लागि भइरहेको प्रयास, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, संगठन निर्माण लगायतका विषयमा छलफल हुने बताइएको छ ।