बझाङ : बाघको आक्रमणबाट एक जना गम्भीर घाइते – Himalayan Dainik

बझाङ : बाघको आक्रमणबाट एक जना गम्भीर घाइते


बझाङ : बाघको आक्रमणबाट एक जना गम्भीर घाइते

बझाङ – बाघले आक्रमण गर्दा बझाङमा एक जना गम्भीर घाइते भएका छन्। सिमकोट गाउँपालिका–७ चौगानफयाका २८ वर्षीय रामजल शाही बाघको आक्रमणबाट घाइते भएका हुन्। बाघको आक्रमणबाट घाइते शाहीको हात, खुट्टामा गम्भीर चोट लागेको छ।

उनलाई उपचारकालागि खप्तडछान्ना गाउँपालिका–७ गडरायमा आजबाट सुरु भएको स्वास्थ्य शिविरमा लगिएकोमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भइरहेको उनका आफन्त यज्ञबहादुर शाहीले बताए।

खप्तडछान्ना गाउँपालिकाको खालीगडा भन्ने ठाउँ पुजारी गाउँको जंगलमा बाख्रा चराउन गएका बेला जंगलबाट आएको बाघले शनिबार दिउँसो शाहीलाई आक्रमण गरेको स्थानीय गगन बहादुर सिंहले जानकारी दिए।