गुल्मी इस्माकी ८४ वर्षीया वृद्धाको आगोमा जलेर मृत्यु – Himalayan Dainik

गुल्मी इस्माकी ८४ वर्षीया वृद्धाको आगोमा जलेर मृत्यु


गुल्मी इस्माकी ८४ वर्षीया वृद्धाको आगोमा जलेर मृत्यु

गुल्मी – गुल्मीको इस्मामा आगोले जलेर एक वृद्धाको ज्यान गएको छ । इस्मा गाउँपालिका–१ हस्तिचौरकी ८४ वर्षीया पवित्रा खत्रीको आगोमा जलेर ज्यान गएको प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले जानकारी दिए ।

खत्री शनिबार आफ्नै घरमा आगो बालेर खाना पकाउने क्रममा शरिरमा आगो सल्किएर गम्भीर घाइते भएकी थिइन् ।  खत्रीलाई उपचारको लागि पाल्पा लैजाने क्रममा ज्यान गएको प्रमुख जिल्ला अधिकारी पाठकले बताए ।