एकीकृत निर्वाचन कानुनको मस्यौदा पेस गर्दै छौँ : प्रमुख निर्वाचन आयुक्त – Himalayan Dainik

एकीकृत निर्वाचन कानुनको मस्यौदा पेस गर्दै छौँ : प्रमुख निर्वाचन आयुक्त


एकीकृत निर्वाचन कानुनको मस्यौदा पेस गर्दै छौँ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ  – निर्वाचन आयोगले सातौँ निर्वाचन दिवसका अवसरमा निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानूनी र संस्थागत संरचनासहित समयानुकुल बनाउन एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गर्ने भएको छ।

फागुन ७ गते (आज) निर्वाचन आयोगले सातौं निर्वाचन दिवसको अवसरमा सो मस्यौदा पेस गर्न लागेको हो।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस वर्षको निर्वाचनको सञ्चालन र व्यवस्थापनका क्रममा आयोगले संविधान र कानूनको पालनासहित अवलम्वन गरेका नविन अभ्यासहरूको समीक्षाका क्रममा केही सकारात्मक पहल गर्न सकिएको अनुभव भएको बताए।

उनले गत निर्वाचनका क्रममा देखिएका समस्या र चुनौतिलाई समाधान गर्न मार्गदर्शन पनि प्राप्त भएको उल्लेख गरे।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगलाई आएका सुझावलाई समेटेर आगामी निर्वाचनको तयारी गर्ने र निर्वाचन कानून र व्यवस्थापनका क्रममा सुधार गर्नुपर्ने पक्षहरूमा पनि दृढतापूर्वक अग्रसर हुने प्रतिवद्धता जनाए।