काठमाडौं – आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन तोलामा एक लाख तीन हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजाबी सुन तोलामा एक लाख दुई हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा एक हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।