उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा – Himalayan Dainik

उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा


उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा

कैलाली – नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा भएका छन्।

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा भएका हुन्।

चौधरी रिहा भएपछि उनको स्वागतका लागि नागरिक उन्मुक्तिकि अध्यक्ष रञ्जिता श्रेष्ठ कार्यकर्तासहित कारागार पुगेकी पुगेकी छिन्। चौधरी जेलमुक्त भएपछि उनका कार्यकर्ताले सडक जाम पारेका छन्।
२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो।

छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई माघ १९ गते प्रहरीले पक्राउ गरेको थियो। प्रजातन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले सजाय माफी दिएपछि चौधरी छुटेका हुन्। भण्डारीले उनीसहित​ ३९५ जनालाई सजाय माफी गरेकी हुन्।

चौधरीले शुक्रबार नै ८ लाख रुपैयाँ धरौटी बुझाइसकेका छन्।