पाकिस्तानी तालिबानद्वारा थप आक्रमण गर्ने चेतावनी – Himalayan Dainik

पाकिस्तानी तालिबानद्वारा थप आक्रमण गर्ने चेतावनी


पाकिस्तानी तालिबानद्वारा थप आक्रमण गर्ने चेतावनी

एजेन्सी – पाकिस्तानी तालिबान समूहले थप आक्रमण गर्ने चेतावनी दिएको छ । पाकिस्तानको कराचीमा रहेको प्रहरी मुख्यालयमा भएको आत्मघाती आक्रमणलगत्तै तालिबानले थप आक्रमणको चेतावनी दिएको हो ।

तालिबान समूहले शुक्रवार राति कराचीमा गरेको आक्रमणमा तीन सुरक्षाकर्मीसहित चार जनाको ज्यान गएको थियो । तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले विज्ञप्ति नै निकालेर थप आक्रमणको चेतावनी दिएको हो ।

विज्ञप्तिमा सुरक्षा निकायले निर्दोष कैदीलाई फर्जी मुठभेडमा मारिएको भन्न रोक्नुपर्ने अन्यथा भविष्यमा हुने आक्रमण अझ गम्भीर हुने उल्लेख गरिएको समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०१४ को अन्ततिर सुरु गरिएको सैन्य अभियानबाट टीटीपीका गतिविधिलाई दबाउने प्रयास थालिएको थियो । तर सन् २०२१ को अगष्टमा अफगानिस्तानमा तालिबानले काबुल कब्जा गरेपछि र टीटीपी र इस्लामावादबीच गएको वर्ष नोभेम्बरमा महिनौँ लामो युद्धविराम अन्त्य भएपछि सुरक्षा बललाई लक्षित गरी आक्रमणहरू फेरि बढ्दै गएका छन् ।