सन्दीपको दोस्रो विकेटमा नेपाललाई चौथो सफलता – Himalayan Dainik

सन्दीपको दोस्रो विकेटमा नेपाललाई चौथो सफलता


सन्दीपको दोस्रो विकेटमा नेपाललाई चौथो सफलता

काठमाडौँ – जारी आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्धको दोस्रो खेलमा नेपालले चौथो सफलता प्राप्त गरेको छ । सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिँदै नेपाललाई चौथो सफलता दिलाए ।

तेस्रो नम्बरमा क्रिजमा आएका माइकल भान लिङ्गेनलाई दिपेन्द्रसिंह ऐरिले रनआउट गराउँदा नेपालले तेस्रो सफलता पाएको थियो । कप्तान इरास्मसलाई सन्दीपले बोल्डआउट गराउँदा नामिबिया ३० ओभरको समाप्तिमा ११४र४ को अवस्थामा छ ।