नेता भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै – Himalayan Dainik

नेता भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै


नेता भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

ग्यास सिलिन्डर लिक भएर आगोको जलनमा परी हाल भारतमा उपचाररत उनलाई दिँदै आएको उनको अप्राकृतिक अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाएको कांग्रेस युवा नेता योगराज कँडेलले जानकारी दिए । भण्डारीको उपचारमा संलग्न चिकित्सक डा मुकेश मिस्रा आजबाट पाइप मार्फत खाना दिने बताएको पनि कँडेलले जानकारी दिए ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ देखिएको बताइएको छ । उनको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो ।