टिमलाई सम्हाल्दै कुशल र दीपेन्द्रले पूरा गरे अर्धशतक – Himalayan Dainik

टिमलाई सम्हाल्दै कुशल र दीपेन्द्रले पूरा गरे अर्धशतक


टिमलाई सम्हाल्दै कुशल र दीपेन्द्रले पूरा गरे अर्धशतक

काठमाडौँ – त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा स्कटल्याण्डविरुद्धको खेल जित्न २७५ रनको लक्ष्य पछ्याइरहेको नेपालका माथिल्लो क्रममा ब्याटर सस्तैमा आउट भएपछि घरेलु टिम दबावमा परेको छ।

आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत दुई सय ७५ रनको लक्ष्य पछ्याइरहेको नेपालले ६ विकेटको क्षतिमा एक सय ९० रन बनाएको छ।

कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गर्दै टिमलाई सम्हालेका छन्। नेपाललाई जितका लागि १८ ओभरमा ८५ रन आवश्यक छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो।

स्कटल्यान्डले ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा दुई सय ७४ रन बनाएको हो। स्कटल्यान्डका लागि मिचेल लिस्क एक्लैले एक सय सात रन बनाए। सातौँ नम्बरमा ब्याटिङ गरेका लिस्कले ८५ बलमा नौ छक्का र तीन चौकाको मद्दतमा अविजित एक सय सात रन बनाए।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर तीन विकेट लिए भने कुशल मल्लले नौ ओभरमा एक मेडन राख्दै ४९ रन खर्चेर दुई विकेट लिए।

सोमपाल कामीले नौ ओभरमा एक मेडन राख्दै ५२ रन खर्चेर एक विकेट लिए भने कुशल भुर्तेलले ६ ओभरमा २२ र दीपेन्द्रसिंह ऐरीले पाँच ओभरमा २५ रन खर्चेर एक–एक विकेट लिए।