पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा वार्षिक क्यालेन्डरमै राखिने – Himalayan Dainik

पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा वार्षिक क्यालेन्डरमै राखिने


पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा वार्षिक क्यालेन्डरमै राखिने

काठमाडौँ – सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदालाई वार्षिक क्यालेन्डरमै राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले पुस २७ मा मनाइने पृथ्वी जयन्ती र फागुन १ गते मनाइने जनयुद्ध दिवसको बिदालाई वार्षिक क्यालेन्डरमा राख्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०८० सालका लागि यसअघि तय भएका बिदामा पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा थप गर्ने निर्णय भएको जानकारी दिइन् ।