काठमाडौं – भारतको मुम्बइस्थित नेशनल बर्न सेन्टरमा उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सफल भएको छ ।
पहिलो चरणमा दुई वटा खुट्टाको सफल शल्यक्रिया भएको छ ।
अर्को शल्यक्रियाका बारेमा थप छलफल भइरहेको भण्डारीका सहयोगी माधव न्यौपानेले जानकारी दिएका छन् । भण्डारीको स्वास्थ्यवस्था हाल स्थिर रहेको छ ।
काठमाडौंको बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास लिक भएर आगलागी हुँदा भण्डारी र उनकी आमा हरिकला जलेका थिए । आमाको बिहीबार कीर्तिपुर अस्पतालमा उपचारको क्रममा निधन भइसकेको छ ।
भण्डारीको श्वासनली र फोक्सोमा गम्भीर असर देखिएपछि उपचारका लागि हिजो बिहीबार भारत लगिएको थियो ।