राष्ट्रपतिमा सघाए प्रचण्डलाई पूर्ण कार्यकाल प्रधानमन्त्री दिने कांग्रेसको संकेत – Himalayan Dainik

राष्ट्रपतिमा सघाए प्रचण्डलाई पूर्ण कार्यकाल प्रधानमन्त्री दिने कांग्रेसको संकेत


राष्ट्रपतिमा सघाए प्रचण्डलाई पूर्ण कार्यकाल प्रधानमन्त्री दिने कांग्रेसको संकेत

काठमाडौं – नेपाली कांग्रेसले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा स्विकार्ने संकेत दिएको छ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा सत्तारुढ दल माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरेको खण्डमा कांग्रेसले पनि ५ वर्ष नै प्रधानमन्त्री दाहाललाई समर्थन गरेर अघि बढ्नुपर्ने बताएका छन्।

उनले अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वाभाविक हुने बताए। उनले संविधान रक्षाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उल्लेख गर्दै राष्ट्रपतिको पद महत्त्वपूर्ण भएको बताए।