सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेर चर्चामा आएका खनाल पक्राउ – Himalayan Dainik

सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेर चर्चामा आएका खनाल पक्राउ


सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेर चर्चामा आएका खनाल पक्राउ

काठमाडौं –  नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेर चर्चामा आएका डिल्लीराम खनाललाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमार्फत महिलालाई हिंसा हुने गरी अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको एसएसपी नविन्द अर्यालले बताए ।

युट्यूव अन्तर्वार्तामा आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले उनीविरुद्ध उजुरी दिएकी थिइन् । एक युट्युब च्यानलसँगको अन्तरवार्तामा खनालले करिस्माको निजी जीवनबारे टिप्पणी गरेका थिए।

विद्युतीय कारोबार ऐन, २०६३ अनुसार म्याद थप गरेर विस्तृत अनुसन्धान थालिने एसएसपी अर्याल बताउँछन् ।