नेपाल एयरलाइन्सको टिकट काउन्टर साँझ ७ बजेसम्म खुल्ने – Himalayan Dainik

नेपाल एयरलाइन्सको टिकट काउन्टर साँझ ७ बजेसम्म खुल्ने


नेपाल एयरलाइन्सको टिकट काउन्टर साँझ ७ बजेसम्म खुल्ने

काठमाडौं – नेपाल वायुसेवा निगमले आजदेखि अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष साँझ ७ बजेसम्म खुल्ला गर्ने भएको छ।

निगमले बिहीबार सूचना जारी गर्दै टिकट काउन्टर बिहान ९ बजे देखि बेलुका ७ बजे सम्म खुल्ला हुने जानकारी गराएको हो।

शुक्रवार, शनिबार र सार्वजनिक बिदाको दिन पनि बिहान १० बजे देखि बेलुका ५ बजे सम्म बिक्री कक्ष खुल्ला रहने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।