पर्सा जिल्लाको बिभिन्न प्राइभेट अस्पतालमा एल.एस. न्यूरोको बिचौलिया परिचालन – Himalayan Dainik

पर्सा जिल्लाको बिभिन्न प्राइभेट अस्पतालमा एल.एस. न्यूरोको बिचौलिया परिचालन


पर्सा जिल्लाको बिभिन्न प्राइभेट अस्पतालमा एल.एस. न्यूरोको बिचौलिया परिचालन

बारा – बारा जिल्लाको परवानिपुर गाउँपालिका वडा नम्बर ५ स्थित संचालनमा आएको एल.एस. न्यूरो अस्पतालले बिरगंजको बिभिन्न अस्पतालमा आफ्नो बिचौलियालाइ परिचालन गरेको रहस्य उजागर भएको छ । कमिसन दिने प्रलोभन देखाउदै न्यूरो अस्पतालका कर्मचारीहरूले पर्सा जिल्लाको बिभिन्न अस्पतालहरूमा आफ्नो बिचौलिया परिचालन गरेको बारे रहस्य उजागर भएको छ ।

पर्सा जिल्लाको बिभिन्न अस्पताल अगाडी बिचौलिया परिचालन भइ बिरामिहरूलाइ ठग्ने काम समेत गरिएको एक पिडितले जनाएका छन । पिडितका अनुसार आफु रूघा खोकिले ग्रसित भइ उपचार गराउन बिरगंज स्थित तराइ अस्पतालमा पुग्दा अस्पताल अगाडी रहेको बिचौलियाले छुटको बाहानामा न्यूरो अस्पताल लगेको बताए । न्यूरो अस्पताल पुगि आफु उपचार गराउन जादा बढि रकम लिन लागेको कारण पुन: फिर्ता भइ तराइ अस्पताल मै उपचार गराएको उनले बताएका छन् ।

तराइ अस्पताल कर्मचारी श्रोतका अनुसार बिचौलिया परिचालन भएको बारे आफुलाइ जानकारी आइसकेपनि बाध्य भएर निरहि बन्ने बाध्यता रहेको बताएका छन् । एउटा स्वास्थयकर्मि जस्तो पेशामा आवध रहेर गुन्डा र बिचौलियाको साहारा लिनु भनेको आफैमा असफल स्वास्थयकर्मि रहेको बारे छर्लङ्ग भएको उनले जिकिर गरे । उपचार गराउन आउने पिडितहरू आजित भएका छन, उनले बताएका छन् । बिचौलियाको कारण आफ्नो कमाइ खाने थल्लो बनाएका अस्पतालको बारेमा छताछुङ्ग भएपनि न्यूरो अस्पतालका संचालक मौन हुनुमा कमिसनकै भरमा अस्पताल संचालन रहेको बारे प्रष्ट हुन्छ ।

यता यस बिषयमा शुभ आरम्भ दैनिकका प्रकाशक अनिल पान्डेले एलएस न्यूरो अस्पतालका डाक्टर श्यामबाबु पटेल सँग प्रतिक्रिया लिदा यो अस्पताल भन्दा ठुलो अस्पताल कुनै नरहेको बताउदै अरु कुरा बसेर बताउने प्रतिक्रिया दिएका छन् ।
पर्सा जिल्लाको भवानी अस्पताल रिसर्च सेन्टर, प्रभु अस्पताल र तराइ अस्पताल अगाडी आफ्नो बिचौलियालाइ परिचालन गरेको बारे एक भिडियो क्लिपबाट प्रष्ट हुन्छ । भिडियो क्लिपमा न्यूरो अस्पतालको बिचौलियाले न्यूरो अस्पतालमा उपचार गराउन जादा बिशेष छुट गराउने भनेका छन्।