चिकित्सक भन्छन – सांसद चन्द्र भण्डारीको हृदयको चाल नर्मल छ आत्तिनुपर्ने अवस्था छैन – Himalayan Dainik

चिकित्सक भन्छन – सांसद चन्द्र भण्डारीको हृदयको चाल नर्मल छ आत्तिनुपर्ने अवस्था छैन


चिकित्सक भन्छन – सांसद चन्द्र भण्डारीको हृदयको चाल नर्मल छ आत्तिनुपर्ने अवस्था छैन

काठमाडौँ – कांग्रेस नेता एवं गुल्मी १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद डा. चन्द्र भण्डारीको भारतमा उपचार सुरु भएको छ । घरमै ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका भण्डारीको उपचार सुरु भएको हो । बुधबार राति घटनालगत्तै १०:३० बजे कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा भर्ना गरिएका उनलाई चिकित्सकले स्वेदशमा उपचार सम्भव नहुने बताएपछि बिहीबार मुम्बई लगिएको हो ।

उनको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा आईसीयुमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनको पछिल्लो अवस्था सामान्य छ । उनका सबै पारामिटरहरू नर्मल रहेको तर ४८ घण्टा भेन्टिलेटरमै राखिने चिकित्सकले बताएका छन् ।