मकवानपुर : ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु – Himalayan Dainik

मकवानपुर : ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु


मकवानपुर : ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

हेटौंडा – पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रबार बिहान चितवनबाट मनहरीतर्फ आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले मनहरी–६ रामडाँडामा विपरीत दिशामा जाँदै गरेको ग १५ प ३९६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट स्कुटर चलाइरहेकी कास्की निर्मलपोखरी–२ कि ३८ वर्षीय अमृता परियारको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।