प्रधानमन्त्री प्रचण्ड भन्छन – देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिबद्ध छ – Himalayan Dainik

प्रधानमन्त्री प्रचण्ड भन्छन – देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिबद्ध छ


प्रधानमन्त्री प्रचण्ड भन्छन – देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिबद्ध छ

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन । राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रवार आज बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्रीलाई भेटेर राष्ट्रियता, सङ्घीयता र जनजीविकाका विषयवस्तु समेटेर ज्ञापनपत्र बुझाएको थियो । भेटमा केसी नेतृत्वको टोलीले पछिल्लो समय बाग्लुङको गलकोट क्षेत्रमा महिलाहरूका गरगहना लुट्नका लागि चार जनाको हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । साथै अन्य जिल्लाहरूमा पनि गरगहना लुटपाटका घटना घटेको र महिलाहरू असुरक्षित भएको भन्दै जनमोर्चाले सरकारको ध्यानाकर्षण गराएको हो।

भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रियताको रक्षाका लागि आफू सधैँ फ्रन्ट लाइनमा रहेको समेत बताएका छन ।