भण्डारीको उपचारमा कमी हुन नदिन सरकारलाई अध्यक्ष ओलीको ध्यानाकर्षण – Himalayan Dainik

भण्डारीको उपचारमा कमी हुन नदिन सरकारलाई अध्यक्ष ओलीको ध्यानाकर्षण


भण्डारीको उपचारमा कमी हुन नदिन सरकारलाई अध्यक्ष ओलीको ध्यानाकर्षण

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ग्यास सिलिन्डर बिस्फोटमा घाइते भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीको उपचारमा कमी हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत आमा हरिकला भण्डारीप्रति श्रद्धाञ्जली पनि व्यक्त गर्दै उनल भनेका छन्, “एलपी ग्यासको सिलिन्डर विस्फोटमा परेर प्रतिनिधिसभा सदस्य माननीय चन्द्रकान्त भण्डारी घाइते हुनु भएको खबरले अत्यन्त दुःखी छु । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गर्दछु,” विस्फोटमा परेर निधन हुनुभएकी उहाँकी आमा हरिकला भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।”
गएराति ग्यास सिलिन्डर बिस्फोटमा घाइते भएका भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको छ ।