लगातार चौथो दिन पनि नेप्से दोहोरो अङ्कले घट्यो – Himalayan Dainik

लगातार चौथो दिन पनि नेप्से दोहोरो अङ्कले घट्यो


लगातार चौथो दिन पनि नेप्से दोहोरो अङ्कले घट्यो

काठमाण्डौ – लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव १५ अङ्कले घटेर दुई हजार ७० दशमलव ४१ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । बजारसँगै कारोबार रकम पनि लगातार घटिरहेको छ । आज दुई सय ५६ वटा कम्पनीका ४७ लाख ४७ हजार कित्ता शेयर एक अर्ब ६८ करोड ४९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको पाँच करोड ३८ लाख र अपी पावर कम्पनीको पाँच करोड १३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै युनिलिभर नेपालको शेयर झन्डै छ प्रतिशत र सर्पोट लघुवित्तको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि राप्ती हाइड्रो कम्पनीको शेयर आज साढे पाँच प्रतिशतले बढेको छ ।