बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनु पर्छ : प्रमुख आयुक्त थपलिया – Himalayan Dainik

बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनु पर्छ : प्रमुख आयुक्त थपलिया


बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनु पर्छ : प्रमुख आयुक्त थपलिया

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्ने बताएका छन्।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आममतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्ने बताएका हुन्।

उनले अन्तिम मतदाता नामावलीमा नाम प्रकाशित भएका मतदाताले अस्थायी बसोवास भएको ठाउँबाट पनि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न पाउनुपर्ने बताए। उनले कर्मचारी र कैदी बन्दीलाई यसैपटक समानुपातिकमा मतदान गर्न दिइएको उल्लेख गर्दै आगामी दिनमा कानून बनाएर आममतदातालाई दिइनुपर्ने बताए।

यस्तो व्यवस्था गर्न सके मतदान गर्नेको संख्या बढ्ने उनको भनाइ छ।