रेबिजका कारण गोरखामा चार वर्षीय बालकको ज्यान गयो – Himalayan Dainik

रेबिजका कारण गोरखामा चार वर्षीय बालकको ज्यान गयो


रेबिजका कारण गोरखामा चार वर्षीय बालकको ज्यान गयो

गोरखा – गोरखामा रेबिजका कारण एक बालकको ज्यान गएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका-४ का चार वर्षीय बालकको रेबिजका कारण ज्यान गएको हो ।

बालकको उपचारका क्रममा गए राति गोरखा अस्पतालमा ज्यान गएको उनको परिवारले जनाएको छ । उनलाई पुषमा अजिरकोट गाउँपालिका-४ को बालुवा बजारमा कुकुरले टोकेको थियो ।