सांसद भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी – Himalayan Dainik

सांसद भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी


सांसद भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाण्डौ –  खाना पकाउने ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका सांसद डाक्टर चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ । कीर्तिपुर अस्पतालका डाक्टरको सिफारिस अनुसार सांसद भण्डारीलाई भारतको मुम्बईमा रहेको नेशनल बर्न अस्पताल लैजाने तयारी गरिएको उनका स्वकीय सचिव भुवन भुसालले जानकारी दिए ।