आर्थिक सहायताका लागि निवेदन दिने सेवाग्राहरूलाई सजग रहन वैदेशिक रोजगार बोर्डले आग्रह – Himalayan Dainik

आर्थिक सहायताका लागि निवेदन दिने सेवाग्राहरूलाई सजग रहन वैदेशिक रोजगार बोर्डले आग्रह


आर्थिक सहायताका लागि निवेदन दिने सेवाग्राहरूलाई सजग रहन वैदेशिक रोजगार बोर्डले आग्रह

काठमाडौं – आर्थिक सहायताका लागि निवेदन दिने सेवाग्राहरूलाई सजग रहन वैदेशिक रोजगार बोर्डले आग्रह गरेको छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीको क्रममा मृत्यु, अङ्गरभङ्ग वा बिरामी भएमा कानुन बमोजिम वैदेशिक रोजगार बोर्ड सचिवालय र वैदेशिक रोजगार (म्यादी) जीवन बीमाबाट आर्थिक सहायता प्राप्त गर्ने व्यवस्था रहेको छ ।

उक्त सहायता प्रदान गर्ने क्रममा आवश्यक पर्ने कागजी प्रक्रिया पुरा गरेर मात्र निवेदन दिन बोर्डले सेवाग्राहीहरूलाई आग्रह गरेको हो ।

वैदेशिक रोजगार बोर्ड सचिवालयले तोकेको ढाँचामा आवश्यक कागजपत्रहरु संलग्न गरी स्थानीय तह मार्फत पनि निवेदन दिन आग्रह गरेको छ ।

त्यसका लागि भौतिक रूपमा बोर्ड सचिवालय आउनु नपर्ने बोर्डले जनाएको छ । यसरी बोर्ड सचिवालयबाट उपलब्ध गराइने कल्याणकारी सेवाका लागि कुनै समस्या एवं द्विविधा भएमा बोर्ड सचिवालयमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।