‘जेरी :अन टप’को थिम पोस्टर सार्वजनिक – Himalayan Dainik

‘जेरी :अन टप’को थिम पोस्टर सार्वजनिक


‘जेरी :अन टप’को थिम पोस्टर सार्वजनिक

काठमाडौँ – अनमोल केसी र आना शर्माको शीर्ष भूमिका हुने फिल्म ‘जेरी : अन टप’को सांकेतिक टिजर पोस्टर भ्यालेन्टाइन डेको अवसरमा सार्वजनिक भएको छ ।

प्रमुख पात्र पर्वतीय पदयात्रामा निस्किएको स्केच पोस्टरमा देख्न सकिन्छ । फिल्मलाई लुक्लादेखि सगरमाथा आधार शिविरसम्म छायांकन गर्ने तयारी छ, सोहीअनुसार टिजर पोस्टर तयार पारिएको छ ।

अनमोल र आनाको शीर्ष भूमिका हुने फिल्ममा पूर्णिका सिंजापति पनि प्रमुख भूमिकामा हुनेछिन् । यो फिल्म सन् २०१४ मा रिलिज भएको फिल्म जेरीको दोस्रो श्रृंखला हो ।