स्पट फिक्सिङ : सीआईबीले बुझायो प्रतिवेदन – Himalayan Dainik

स्पट फिक्सिङ : सीआईबीले बुझायो प्रतिवेदन


स्पट फिक्सिङ : सीआईबीले बुझायो प्रतिवेदन

काठमाडौं– नेपाल टी-२० लिगमा भएको स्पट फिक्सिङसम्बन्धी नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो (सीआईबी) ले प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

सीआईबीले प्रतिवेदनमा १० जनालाई प्रतिवादी बनाएको छ । उनीहरूलाई खेलकुद ऐन अनुसार तीन वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने सिफारिस गरिएको एसपी सन्जयसिंह थापाले जनाएका छन् ।

नेपाली टी-२० लिग गत पुस ९-२७ गतेसम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको थियो । सो प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल अन्सारी, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन् ।

नेपाल टी-२० लिगको व्यापारिक तथा रणनीतिक साझेदारका रुपमा नेपाल क्रिकेट संघ (क्यान)सँग सम्झौता गरेको विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया स्पट फिक्सिङमा प्रत्यक्ष संलग्न रहेको अनुसन्धानबाट खुलेको बताइएको छ ।