प्रचण्ड नेतृत्वको गठबन्धन प्रतिगमनतर्फ उद्धत भएको एसअध्यक्ष नेपालको टिप्पणी – Himalayan Dainik

प्रचण्ड नेतृत्वको गठबन्धन प्रतिगमनतर्फ उद्धत भएको एसअध्यक्ष नेपालको टिप्पणी


प्रचण्ड नेतृत्वको गठबन्धन प्रतिगमनतर्फ उद्धत भएको एसअध्यक्ष नेपालको टिप्पणी

पोखरा – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन प्रतिगमनतर्फ उद्धत भएको टिप्पणी गरेका छन।

पोखरामा पार्टी कार्यकर्तालाई प्रशिक्षण क्रममा उनले यस्तो टिप्पणी गरेका हुन ।

‘अहिलेको गठबन्धन खिचडी गठबन्धन हो’ उनले पोखरामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यो गठबन्धन संविधान, गणतन्त्र, संघीयताप्रति प्रतिबद्ध नरहेको, परिवर्तन नचाहने, प्रतिगमन उद्धत गठबन्धन हो, यिनीहरूको वैचारिक एकता छैन, यसमा परिवर्तन उल्ट्याउन खोज्ने पनि छन् ।’

उनले नेकपा एस कुनै पार्टीमा विलय नहुने समेत बताएका छन्।