एकदिवसीय क्रिकेटमा कुशल भुर्तेलको पहिलो शतक – Himalayan Dainik

एकदिवसीय क्रिकेटमा कुशल भुर्तेलको पहिलो शतक


एकदिवसीय क्रिकेटमा कुशल भुर्तेलको पहिलो शतक

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले नामिबियासँगको खेलमा शतक प्रहार गरेका छन् ।

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियासँगको खेलमा भुर्तेलले शतक प्रहार गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रियमा भुर्तेलको यो पहिलो शतक हो । उनले ९९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै शतक बनाए ।

कुशल एकदिवसीय र टी–२० मा शतक प्रहार गर्ने तेस्रो नेपाली क्रिकेटर पनि बनेका छन् । यसअघि पारस खड्का र दीपेन्द्रसिंह ऐरीले एकदिवसीय र टी–२० दुवै शतक प्रहार गरेका थिए ।

कुशलले २५ एकदिवसीयमा २२ भन्दा धेरैको औसतमा ५ सय ४२ रन बनाएका छन् । कुशल अहिले क्रिजमै छन् । नेपालले नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याइरहेको छ ।