प्रधानसेनापति र अमेरिकी उपसहायक विदेशमन्त्रीबीच भेटवार्ता – Himalayan Dainik

प्रधानसेनापति र अमेरिकी उपसहायक विदेशमन्त्रीबीच भेटवार्ता


प्रधानसेनापति र अमेरिकी उपसहायक विदेशमन्त्रीबीच भेटवार्ता

कठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तरबीच भेटवार्ता भएको छ। प्रधानसेनापति शर्मा र उपसहायक विदेशमन्त्री अख्तरबीच जङ्गी अड्‍डामा शिष्टाचार भेटघाट भएको नेपाली सेनाले जनाएको छ।

भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ।