सुखद् नतिजा निकाल्नका लागि नेपाली टोली तयार छ :  कप्तान पौडेल – Himalayan Dainik

सुखद् नतिजा निकाल्नका लागि नेपाली टोली तयार छ :  कप्तान पौडेल


सुखद् नतिजा निकाल्नका लागि नेपाली टोली तयार छ :  कप्तान पौडेल

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजमा सुखद् नतिजा निकाल्नका लागि नेपाली टोली तयार रहेको कप्तान रोहित पौडेलले बताएका छन्।

यो खेल  नामिबिया, स्कटल्याण्ड र नेपालबीच मंगलबारबाट सुरु हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा घरेलु टिम नेपालका कप्तान रोहितले नयाँ प्रशिक्षकको आगमनले खेलाडीको मनोबल उच्च भएको भन्दै सुखद् नतिजा निकाल्न नेपाली टोली तयार भएको बताए।

एक साताअघि मात्र औपचारिक रुपमा नियुक्त भएका प्रशिक्षक मोन्टी देशाईले नेपालका उमेर समूहका टोलीसँग काम गरिसकेकोले अहिलेको टोलीमा सहजै घुलमिल भएको कप्तान रोहितले बताए।